नेपाली बजारमा भिभोको वाई२२एस र वाई१६ सार्वजनिक, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरु वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । 

भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरु विकास गर्दै आइरहेको छ । 

पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन् ।

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीबी र्याम र १२८ जीबी रोम रहेको छ । जसले प्रयोगकर्ताहरुलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरु चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ। वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ ।  

यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी छ जसले प्रयोगकर्ताहरुलाई सिनेमेटिक तस्बिरहरु लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरुलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरु लिन अनुमति दिन्छ ।

 यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरु वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरुले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्बिरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

अर्कोतर्फ वाई१६ले केही प्रभावशाली स्पेसिफिकेसनहरु, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ। वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ
। यो स्मार्टफोन ४जीबी र्याम र ६४जीबी रोम भेरियन्टमा आउँछ । 

यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरुलाई १३एमपी एआई डुअल क्यामेराका साथ आकर्षक शटहरु क्लिक गर्न सक्षम बनाउँछ ।

वाई२२एस स्टारलिट ब्लु र समर सायन कलरमा रु. २७ हजार ९९९ मूल्यमा मिनिमालिस्टिक आउटलुकका साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिङ गोल्ड कलर भेरियन्टमा रु. १९ हजार ९९९ मा उपलब्ध छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया