भिभोको चाडपर्व अफर : ‘दसैँतिहार भिभोको साथमा, दैनिक उपहार हातमा’

१ बर्ष अगाडि

काठमाडौं - एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरुको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ । 

नेपालीहरुको महान पर्व दसैँतिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि ‘दसैँतिहार भिभोको साथमा, दैनिक उपहार हातमा’ योजना ल्याएको हो ।   

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो । जसअन्तर्गत दुई भाग्यशाली प्रयोगकर्ताले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । 

यसका साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टीडब्ल्यूएस २ई, हरेक दिन तीनजनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजारभन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् । 

यस योजनाअन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् । यस योजना सीमित अवधिका लागिमात्र उपलब्ध छ । ‘र, योजना सक्किनमात्र केही समय बाँकी छ तर हामीसँग अझै हात खाली नजाने उपहारहरु छन्’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले छिट्टै भिभो मोबाइल खरिद गरेर आफू र आफ्ना प्रियजनहरुका लागि भिभोका विशेष उपहार जित्नुहोस् र चाडपर्वलाई अझै रमाइलो बनाउनुहोस् ।’ 

यस योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महसुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ । यसका साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ । 

दसैँको लक्की ड्रमा सहभागी हुनका लागि प्रयोगकर्ताले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ वा धधध।खष्खयमबकजबष्ल।अयm मा गएर फारमको विवरण पेस गर्नुपर्नेछ र केही सेकेन्डमा प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ । 

हालसम्म १५हजारभन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन् । यी आकर्षक अफरहरु यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया