काठमाडौँ – प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको दाबी गरेका छन् ।
बिहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज सञ्चालन गर्ने कुरा गर्दा सामाजिक सञ्जाल, केही मिडिया र व्यक्तिले पानीजहाजको टिकट काट्न कहिले पाइने भन्दै खिल्ली उडाउन खोजेको बताए । “भन्नेबित्तिकै पानीजहाज कहाँ चल्छ रु,” ओलीले केही महिनामै पानीजहाजको टिकट काट्न सकिने बताउँदै भने, “नेपालमा पानीजहाज चल्छ, चल्छ । केही महिना पर्खिनूस्, पानीजहाजको टिकट काट्ने दिन अब धेरै टाढा छैन ।”
प्रतिक्रिया