सिद्धार्थ इन्स्योरेन्सको लाभांश संशोधन

शुक्रबार, ०८ पुस २०७९, १२ : ३३

काठमाडौँ  - सिद्धार्थ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।  नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न सुझाव दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो ।

कम्पनी संञ्चालक समितिको कार्तिक २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४७३७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ ह्जार ५३ रुपैयाँ बराबरको नगद (कर सहित) प्रस्ताव गरी आर्थिक वर्ष २०७८र७९ वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो ।

तर प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि वितरण गर्ने भन्ने सशर्त सहित वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

त्यस अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले लाभांश तथा मर्जरको प्रस्ताव पारित गर्न पुस २९ गते, साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा हुनेछ ।

सभाले प्रस्तावित लाभंश सहित सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ । दुई कम्पनी गाभिए पश्चात बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बन्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १७ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन सक्नेछन् ।

शुक्रबार, ०८ पुस २०७९, १२ : ३३

प्रतिक्रिया