साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

शुक्रबार, ०८ पुस २०७९, १३ : २८

काठमाडौँ-  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ। 

पुस ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकलेलघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १९ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शुक्रबार, ०८ पुस २०७९, १३ : २८

प्रतिक्रिया