नेप्सेद्धारा १०० प्रतिशत लाभांश घोषणा,बोलायो साधारण सभा

शुक्रबार, ०८ पुस २०७९, १३ : ३९

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले १०० प्रतिशत लाभांश घोषणा गरेका छन्।

नेप्सेले आफ्नो चुक्ता पूँजी एक अर्ब रुपैयाँ बराबरको शतप्रतिशत हुन आउने एक अर्ब रुपैयाँ लाभांश घोषणा गरेको छ भने सिडिएससिले पनि आफ्नो कुल चुक्ता पूँजीको शतप्रतिशत हुन आउने रकम लाभांश घोषणा गरेको छ ।

नेपाल स्टक एक्सचेन्जले पुस २९ गते साधारणसभा डाकेको छ। नेप्सेले आफ्नै कार्यालयमा बिहान ११ बजे साधारणसभा गर्ने भएको छ। यता सिडिएससिले भने एक दिन अगावै साधारणसभा डाकेको छ। यसले पुस २८ गते साधारणसभा गर्दै छ। सिडिएससिले पनि आफ्नै कार्यालयमा बिहान ११ बजे साधारणसभा गर्ने छ। 

शुक्रबार, ०८ पुस २०७९, १३ : ३९

प्रतिक्रिया