काठमाडौँ - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
सो सभा पुस २९ गते, एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहही बिहान ९ बजे शुरु हुनेछ।
उक्त सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १५ गतेदेखि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया