सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बोलायो साधारण सभा,कहिले र कहाँ ?

आइतबार, १० पुस २०७९, १२ : ५३

 काठमाडौँ - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्दै वार्षिक साधारण सभा बोलाएको छ।

सो  सभा  पुस ३० गते लघुवित्तको आफ्नो केन्द्रिय कार्यालय, सभागृहचोक पोखरामा  बिहान ११ बजे हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार, १० पुस २०७९, १२ : ५३

प्रतिक्रिया