सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा: केशव प्रसाद भट्टराई

सोमबार, ११ पुस २०७९, १२ : ५४

काठमाडौं-  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएका छन् । 

 कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. का संचालक समितिका अध्यक्ष भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।


भट्टराईलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । तत्पश्चात् सोही दिन (पुष ७ गते)अपरान्ह बसेको संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष भट्टराईद्वारा संचालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कम्पनीको संचालक समितिको सल्लाहकारमा भने आकाश गोल्छा नियूक्त भएका छन् ।

सोमबार, ११ पुस २०७९, १२ : ५४

प्रतिक्रिया