मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बिच सम्झौता, के के छन् सुविधा ?

सोमबार, ११ पुस २०७९, १४ : ०६

 काठमाडौँ- मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बिच सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाइ थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो । 
 
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

यसकासाथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

सोमबार, ११ पुस २०७९, १४ : ०६

प्रतिक्रिया