सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश वितरण गर्ने प्रस्ताव पारित, कति  प्रतिशत  ?

विहीबार, १४ पुस २०७९, १५ : ११

 काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारण सभाले  आफ्नाशेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आज  अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा  सम्पन्न भएको उक्त साधारण सभाआर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा भएको हो ।


सेञ्चुरी कमर्सियल बैंकको आ.व. २०७८र७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रूपैयाँ ३० पैसामा ४।७५ प्रतिशत बोनश शेयर र ०।२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यसकासाथै साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ । यस साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८र७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व रूपैयाँ र कर्जा रकम ६६.९३ अर्व रूपैयाँ परिचालन गरी २२.०२ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ ।

विहीबार, १४ पुस २०७९, १५ : ११

प्रतिक्रिया