पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शुक्रबार, २२ पुस २०७९, ०९ : ३१

काठमाडौं / गए राति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको हो । उहाँले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

शुक्रबार, २२ पुस २०७९, ०९ : ३१

प्रतिक्रिया