काठमाडौँ - विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० कले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैँकले तोकिदिएको व्यवस्था बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।
नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगाानी हुने गरी कुनै पनि कार्यहरु जस्तै ( विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचार प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्न
नगराउन अनुरोध गरेको छ ।
त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा विदेशी विनिमयले सम्बन्धित सबैलाई जानकारी दिएको छ ।
प्रतिक्रिया