माघ महिना भित्र सोलु जलविद्युत् आयोजनाले विद्युत उत्पादन थाले

१ बर्ष अगाडि

काठमाडौँ-   सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजनाले माघ महिनाभित्रमा विद्युत् उत्पादन थाल्ने भएको छ। 

आयोजनाको टर्वाइन टेष्ट गरिएको छ। बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षणपश्चात् पानीले टर्वाइन घुमाएर ‘वेट टेष्ट’ गरिएको हो। अब केही दिनमा लाइन परीक्षण गरिने छ। 

तिङलामा रहेको लाम्माने सब स्टेशनमा उपकरण परीक्षणपश्चात् विद्युत् उत्पादनको काम सुरु हुने साहास उर्जाका इन्जिनियर जेपी यादवले जानकारी दिए। 

यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो। आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लास्थित लाम्माने सबस्टेसनमा जोडिनेछ। 

विद्युत् गृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको हो। आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा ९५२ करोड युनिट० विद्युत् उत्पादन हुनेछ। कम्पनीका अनुसार हिउँदमा १००।२७ गिगावाट घन्टा ९१० करोड २ लाख ७० हजार युनिट० र वर्षामा ४१९।९३ गिगावाट घन्टा ९४१ करोड ९९ लाख ३० हजार युनिट० विद्युत् उत्पादन हुनेछ। 

आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्या लगायतले तालिका सरेको कम्पनीले जनाएको छ। 

यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन्। 

बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया