७३ प्रतिशतले बढ्यो निफ्राको मुनाफा

शुक्रबार, ०६ माघ २०७९, १४ : ४३

काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०७९ र ८० को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजानिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६० करोड ४१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७३.२७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ८६ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ४९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ७३.०९४ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४५ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८२ करोड ४९ लाख ३६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ०९ पैसा, प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ ।

कम्पनीको वित्तिय विवरणः

शुक्रबार, ०६ माघ २०७९, १४ : ४३

प्रतिक्रिया