आईपिओ निष्काशन गर्दै कृति भेन्चर फण्ड

आइतबार, ०८ माघ २०७९, १२ : ४८

काठमाडौँ-  कृति भेन्चर फण्ड लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने भएको छ ।


कम्पनी सञ्चालक समितिको गत बुधबार बसेको बैठकले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने प्रस्ताव सहित माघ २२ गते विशेष साधारणसभा गर्ने भएको हो । 

सभा माछापुच्छ्रे क्यापिटलको कार्यालय बागदरबारमा दिउँसो १ बजेदेखि हुने कम्पनीले जनाएको छ ।

सभामा प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रमुख एजेण्डा पारित गरिने छ। विशेष साधारणसभाबाट सो प्रस्ताव अनुमोदन भएपछि कम्पनीले आइपीओको बाँकी प्रक्रिया अघि बढाउने छ।

यस कम्पनीले ६।८२ मेगावाटको अपर स्याङगे हाइड्रोपावर लिमिटेड, ६।८२ मेगावाटको हिडीखोला हाइड्रोपवर लिमिटेड, ५।२ मेगावाटको दोभान खोला हाइड्रोपावर लिमिटेड र क्लिन सिटी भेईकल सर्भिस कम्पनीमा शेयर लगानी गरेको छ ।

कृति भेन्चर फण्ड लिमिटेडको मुख्य लगानीकर्ता टिम भेन्चर प्रालि हो । टिम भेन्चर प्रालिले फुडमान्डु, व्ह्याइट लोट्स मोटर्स, नेपाल वेयर हाउसिङ कम्पनी, माछापुच्छ्रे क्यापिटल, पशुपति रिन्युएबल्स, रिम ट्रेडिङ, कृति भेन्चर फण्ड, वाइजयाक सोलुसन, टिम एडभाईजर्स लगायतका कम्पनीमा शेयर लगानी गरेको छ । 

टिम भेन्चरले रियल स्टेटमा पनि लगानी गरेको छ । कृति भेन्चर फण्ड लिमिटेड नेपाली अर्थतन्त्रको उत्पादनशील क्षेत्रमा कम्पनी निर्माण र प्रवर्द्धन गर्नको लागि संस्थागत पुँजी निर्माण गर्न प्रवर्द्धन गरिएको लगानी कोष हो।

आइतबार, ०८ माघ २०७९, १२ : ४८

प्रतिक्रिया