काठमाडौँ- सिन्धु विकास बैंकले बार्षिक साधारण सभा डाकेको छ ।
माघ ५ गते, बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सो सभामाघ २७ गते होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजेदेखि सुरू हुने छ ।
सभामा यस बर्ष बैंकका लगानीकर्ताहरूको हात खालि हुने भएको छ । बैंकले यस बर्ष लगानीकर्ताहरूलाई गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
यस्तै, सभामा, आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी सभाले बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभीने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याइन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
प्रतिक्रिया