नयाँ प्रजातिका धानलाई मान्यता

१ बर्ष अगाडि

 काठमाडौँ - सरकारले तराईमा लगाइने ६ र पहाडमा लगाइने ३ गरी ९ प्रकारका नयाँ प्रजातिका धानलाई मान्यता दिएको छ । 

गंगासागर १, गंगासागर २, हर्दिनाथ ५, राधा १४, घइयाँ ३ प्रजातिका धानलाई तराईका लागि तथा खुमल १२, खुमल १४ र खुमल १६ प्रजातिका नयाँ धानलाई पहाडका लागि मान्यता दिइएको कृषि अनुसन्धान केन्द्र (नार्क)ले जानकारी दिएको छ ।

राष्ट्रिय बिउबिजन समितिबाट पास भइसकेका यी नयाँ प्रजातिका धान अब मन्त्रिपरिषद्बाट पास भएपछि राजपत्रमा प्रकाशित हुने छन् । त्यसपछि यी धानले औपचारिक मान्यता पाउने छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया