तालिम तथा सम्मान कार्यक्रम सम्पन्न : नेशनल लाइफ

सोमबार, ०९ माघ २०७९, १४ : १३

काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तालिम तथा सम्मान कार्यक्रम  विरगंज क्लार्ज होटलमा     सम्पन्न भएको छ । नेशनल लाइफले सन् २०२३ का लागि टार्गेट पुरा गर्ने ८७ जना एमडीआरटी सम्मान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीबाट ३ जना सीओटी दीपा ओली, अर्जुन घिमिरे र बिमल न्यौपानेसहित नेपालभरीबाट ८७ जना एमडीआरटीलाई सम्मान गरिएको हो । जसमा सबैभन्दा बढी कलंकी शाखाबाट मात्रै ९ जना एमडीआरटी रहेका छन् ।

साथै सोही कार्यक्रममा सय भन्दा बढी बिजनेश म्यानेजरहरुलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सहभागी बिजनेश म्यानेजर तथा एमडीआरटीहरुलाई बीमा सम्बन्धि जानकारीमूलक तालिम समेत प्रदान गरिएको थियो ।

इन्डियाका तरुण ओझाले सहभागी एमडीआरटी तथा बिजनेश म्यानेजरहरुलाई एमडीआरटी कसरी बन्ने, टार्गेटहरु कसरी पुरा गर्ने भन्ने विषयमा मोटिभेसनल ट्रेनिङ दिएका थिए । माघ ६, ७ र ८ गते भएको उक्त कार्यक्रममा २०० जना बढी एमडीआरटी र बिजनेश म्याजनेरहरुको सहभागीता रहेको थियो ।

सोमबार, ०९ माघ २०७९, १४ : १३

प्रतिक्रिया