एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२% छुट

बुधबार, ११ माघ २०७९, ११ : ५२

काठमाडौँ-  ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । 

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्री श्याम प्रसाद लामिछानेू र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे ।

 उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिराखेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्नेछन् । यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग (ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप) एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा घम् ऋच्त्, क्ष्ःच्त्, ख्ःब्त्, एबििष्बतष्खभ ऋबचभ र त्द्यक्ष् ९त्यतब िद्ययमथ च्बमष्बतष्यल० उपचारमा ५÷५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त हनेछ । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

 देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । 

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

बुधबार, ११ माघ २०७९, ११ : ५२

प्रतिक्रिया