आरएसडिसी लघुवित्त वित्तीय संस्थाले पठायो लाभांश

बुधबार, ११ माघ २०७९, १४ : ०९

काठमाडौँ- आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । 

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको संस्थाले जनाएको छ । 

संस्थाको पौष २९ गते सम्पन्न भएको ९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको ३ प्रतिशत नगद लाभांश सेयरधनीहरूको खातामा पठाइएको हो ।

त्यसैगरी, संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाको सेयर रजिष्ट्रार बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बुधबार, ११ माघ २०७९, १४ : ०९

प्रतिक्रिया