समितिको बैठकमा सांसदले सम्झाएपछि चकित बने गृहमन्त्री

आइतबार, १२ फागुन २०७५, १४ : ५५

काठमाडौं – प्रदेश नम्बर ७ को नामाकरण भएर ‘सुदूरपश्चिम’ बनिसक्यो तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेशको नामाकरण भएको बारे अझै अनभिज्ञ रहेको खुलेको छ । 

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलका टावरहरुमाथि भएको आक्रमणको सम्बन्धमा जानकारी दिने क्रममा गृहमन्त्री बादललाई यसबारे जानकारी नै नरहेको खुलासा भएको हो ।
विभिन्न प्रदेशमा एनसेलका टावरमाथि भएको हमलाको विवरण प्रस्तुत गर्ने क्रममा गृहमन्त्री थापाले ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए ।
लगत्तै, समितिका सांसदले ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू ! सुदुरपश्चिम प्रदेश हो’ भनेर सम्झाएका थिए ।
त्यसपछि ‘ए हो र ?’‘सुदूरपश्चिम नाम भइसक्यो ?’ भन्दै  उनी आश्चर्यचकित भए । 
जवाफमा अरु सांसदहरुले ‘हो’ भने ।
त्यसपछि गृहमन्त्री थापाले प्रदेश ७ को साटो सुदुरपश्चिम प्रदेश भनेर तथ्यांक राखेका थिए ।

आइतबार, १२ फागुन २०७५, १४ : ५५

प्रतिक्रिया