आँधिखोला लघुवित्तको लाभांश पारित

१ बर्ष अगाडि

काठमाडौं- आँधिखोला लघुवित्त वित्तीय संस्थाको छैठौ वार्षिक साधाण सभा सम्पन्न भएको छ । सभा माघ १३ गते होटल गाँउवेशीको सभाहल वालिङ –८ वालिङ स्याङजामा सम्पन भएको हो ।

सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरेको छ । साथै सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

साथै, सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम ३० प्रतिशत वोनश शेयर र १.५८ प्रतिशत कर प्रयोजन सहित ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश के सी ले गरेका थिए । अध्यक्षको प्रतिवेदन माथी सुझाव सल्लाह र प्रतिक्रिया क्रमशः पुर्व सञ्चालक दुर्गादत्त भुषाल, लगानीकर्ताहरु डोलराज ढुङाना, आनान्द चिलवाल लगाएतले मन्तब्य राखेका थिए ।

लगानीकर्ताहरुको जिज्ञासाको समाधान सञ्चालक समितिका अध्यक्ष नरेश के।सी लगाएत सञ्चालकहरुद्धय सावित्रा दवाडी पौडेल र वुद्धिसागर त्रिपाठीले दिएका थिए । संस्थाले ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालन गर्दै आएको र पोखरा महानगर पालिका ९ सभागृहचोकमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था संग मर्जरको लागी नेपाल राष्ट वैंकबाट अन्तिम स्वीकृति प्राप्त भैसकेको र छिट्टै एकिकृत कारोवार सञ्चालन गर्नका लागि सूचना प्रकाशनको संघारमा रहेको जनाएको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया