नेप्से को सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु फेरबदल

१ बर्ष अगाडि

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु फेरबदल भएका छन्। 

केन्द्रीय बैंकले माघ १७ गते ९मंगलबार० नेप्सेमा पत्र पठाउँदै नेप्से सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु परिवर्तन गरिएको जानकारी गराएको हो। ‘हिजोमात्रै पत्र आएको हो’, नेप्को प्रवक्ता मुराहरि पराजुलीले भने, ‘राष्ट्र बैंकले नेप्से सञ्चालकमा प्रतिनिधित्व गर्ने दुईजना अनुप दाहाल र मीन पाण्डेको नाम पठाएको छ।’


हाल नेप्से सञ्चालक समितिमा विनोदराज पाण्डे र सुदीप फुयाँलले प्रतिनिधित्व गर्दै आएका छन्। ‘सायद १–२ दिनमै दाहाल र पाण्डे सञ्चालकका रुपमा नेप्से आउनुहुनेछ’, प्रवक्ता पराजुलीले भने, ‘त्यसपछि उहाँहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि सञ्चालकको जिम्मेवारी सम्हाल्नुहुनेछ।’

नेप्सेमा हाल चक्रबहादुर बुढाको अध्यक्षतामा सञ्चालक समिति रहेको छ। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया