बुटवल – बुटवलको एक भवनमा भिषण आगालागी भएको छ । अमरपथ स्थित शंकरप्लाजा भवनमा हिजो राती ९ बजे देखि ११ बजे सम्म भिषण आगालागी भएको हो ।
संगै रहेको लोयल होटलमा विद्युत सर्ट भई सुरु भएको आगालागी नियन्त्रणमा सम्वन्धि निकाय एक घण्टा पछि मात्र आएको भन्दै स्थानियले आक्रोष पोखेका छन् । आक्रोष पोख्न थाले पछि बुटवल उपमहानगरपालिकाको दुई वटा दमकल , शिद्धार्थनगर, लुम्विनी र रामग्राम नगरपालिकाको थप तीन वटा दमकल आई विद्युको लाईन काटेर नियन्त्रणमा लिन सुरु गरिएको थियो ।
‘उक्त भवनमा आगालागी हुँदा भवनको बाहिरि भागमा क्षति भएको छ ं , त्यो संगै रहेको विन्दवासीनी फेन्सी स्टोर्सं जलेर पुर्णरुपमा नष्ट भएको छ ,– ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–‘ क्षतिको बिबरण अब केहि बेर पछि लिईदै छ । ’ एकिन भन्न नसकिए पनि करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगालागि भएको स्थान र बुटवल उपमहानगरपालिकाको दुरी करिव ५ सय मिटर रहेको बताईन्छ ।
त्यस शंकर प्लाजा अगागी प्रहरी बिट र नेपाली सेनाको कम्पेलक्स भवन रहे पनि विद्युत प्राधिकरणको ढिलासुस्तीका कारण आगो नियन्त्रणमा ढिलाई भएको भन्दै स्थानियले आक्रोष पोखेका हुन । आगोलागि भए पनि होटल भित्र रहेका मानिस सुरक्षाकर्मीले भ¥याङ्गको सहायताले बाहिर निकालेर उद्धार गरेका थिए ।
प्रतिक्रिया