आइपीओ निष्कासन गर्दै  बिपिडब्लु लघुवित्त

१ बर्ष अगाडि

काठमाडौँ  - आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्ने भएको छ ।

लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । माग बमोजिको आवेदन नपरेको खण्डमामा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्ने छन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया