मिथिला लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

१ बर्ष अगाडि

काठमाण्डौँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौधौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको सञ्चालक समितिको शनिबार (माघ २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनुषाको मिथिला नगरपालिकाको लालगढस्थित न्यु बौवा होटेल तथा गेस्ट हाउसमा हुने छ। 

 सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५ रुपैयाँ पुग्ने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्ने छ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना (संस्थापक र सर्वसाधारण समूहबाट १–१ जना) सञ्चालकको निर्वाचन गर्ने छ। 

सभाले संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्दै क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। हाल संस्था संस्थपाकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्ने छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ संस्थाले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया