ह्वीलचेयर म्याराथन सम्पन्न

१ बर्ष अगाडि

काठमाडौं- बीआइए फाउन्डेशनले अपाङ्गता भएका व्‍यक्तिहरुको सहभागीतामा ह्वीलचेयर म्याराथनको आयोजना गरेको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपबाट सुरू भई टुँडिखेल, घण्टाघर, पुतलीसडक हुँदै पुनस् भृकुटीमण्डपमा आई समाप्त भएको र उक्त म्याराथनमा करिब ३ सय जना सहभागी भएको बीआइए फाउन्डेसनका प्रवन्ध निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए।

उनका अनुसार यो चौथो ह्वीलचेयर म्याराथन हो र बीआईए फाउण्डेशनको जन्मदिन तथा अन्तर्राष्ट्रिय ह्वीलचेयर डे भएकाले नेपालमा पनि ह्वीलचेयर म्याराथनको आयोजना गरिएको हो ।

उक्त म्याराथनमा पुरूषतर्फ  रमेश खत्री प्रथम, कामकाजी मिजार द्वितीय र विष्णु श्रेष्ठ तृतीय भए। यस्तै ऐश्वर्य कुमारी कुमाल प्रथम, यमी झाक्री मगर द्वितीय र रजनी राई तृतीय भइन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया