यो साता तीन दिन मात्र सेयर कारोबार हुने

आइतबार, २१ फागुन २०७९, ०९ : ०२

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेयरको दोस्रो बजार कारोबार यो साता तीन दिन मात्र खुल्ने भएको छ । 


नेप्सेका अनुसार यो साता २ दिन विदा परेकोले सेयर कारोबार ३ दिन मात्र हुने भएको हो । सातामा ५ दिन सेयर कारोबार हुने गरेकोमा यो साता सार्वजनिक विदा परेकाले दोस्रो बजार कारोबार ४ दिनमात्र खुल्ने छ ।

भोलि फागुन २२ गते सोमबार होलि पर्बको सार्वजनिक विदा छ भने २४ गते बुधबार नारी दिवसको विदा परेको छ । त्यसैले यो साता आईतबार, मंगलबार र बिहिबार मात्र दोस्रो बजार कारोबार खुला रहने छ । 

आइतबार, २१ फागुन २०७९, ०९ : ०२

प्रतिक्रिया