अन्तरमाध्यमिक विद्यालयस्तरीय दौड प्रतियोगिता आयोजना हुदैँ

१ बर्ष अगाडि

काठमाडौँ - गोदावरी नगरपालिकाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा गोदावरी खुल्ला च्यामपियन हाफ म्याराथन र अन्तरमाध्यमिक विद्यालयस्तरीय दौड प्रतियोगिता गर्ने भएको छ ।

नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित हाफ म्याराथन दौड आयोजना गर्न लागेको जानकारी दिएको हो ।

नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार खुल्ला च्यामपियन हाफ म्याराथन २१ किलोमिटर र अन्तरमाध्यमिक विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगिता हुनेछ ।

प्रतियोगिता आउँदो शनिबार हुनेछ । प्रतियोगितामा विजेताहरुलाई नगदसहित सम्मान पत्र समेत प्रदान गरिने मेयर महर्जनले जानकारी दिए ।

हाफ म्याराथनमा प्रथम हुनेलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ भने दोस्रो हुनेलाई ७५ हजार, तेस्रोलाई ५० हजार, चौथोलाई ३० हजार नगद प्रदान गरिने छ ।

विद्यालय दौडतर्फ भने प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रोलाई २५ हजार र चौथोलाई २० हजार नगद प्रदान गरिनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया