पुलिस क्लबलाई हराउँदै संकटा क्लबको पहिलो जित

१ बर्ष अगाडि

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत संकटा क्लबले पहिलो जित हात पारेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३(० गोलअन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।

संकटाका लागि गणेश हमाल, रोहन पहारी र सुरज ठकूरीले एक(एक गोल गरे । गणेशले १२ औँ मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रोहनले ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाउँदा सुरजले ८६ औँ मिनेटमा संकटाको जित सुनिश्चित गरे ।

पुलिसको यो लगातार तेस्रो पराजय हो ।

यता १० खेलाडीमा सिमित एपीएफ क्लबसँग जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेको छ । एपीएफका अडामा डोम्बियाले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया