टस जितेर पहिलो बलिङमा नेपाल

१ बर्ष अगाडि

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

 त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ रोजेका हुन् । पीएनजीले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने मौका छ । 

आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ । 

लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया