चेम्जोङ बने आइ लिग को उत्कृष्ट गोलकिपर

१ बर्ष अगाडि

काठमाडौँ-  नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ भारतको हिरो आइ लिग २०२२र२३ को उत्कृष्ट गोलकिपर बनेका छन् ।

राउन्ड ग्लास पन्जाबबाट हिरो आइ लिग खेलेका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो ।

सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए । सन् २०१८ मा माल्दिभ्सबाट टिसी स्पोर्टसलाई त्यहाँको लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलका किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

किरण सम्मलित टोली राउन्ड ग्लास पन्जाब यसअघिको खेलमा नै विजयी हुँदै आइ लिग च्याम्पियन बनेका थियो । च्याम्पियन पन्जाब इन्डियन सुपर लिग (आइएसएल) का लागि छनोट भइसकेको छ । अन्तिम खेलमा आइतबार जित हासिल गर्दै पन्जाबले ५२ अंकका साथ यो सिजनको अन्त्य गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया