वासिमको शतकमा पीएनजीमाथि युएईको जित

१ बर्ष अगाडि

काठमाडौँ-  मुहम्मद वासिमको शतकमा युएईले आईसीसी विश्वकप लिग(२ सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ ।  बुधबार भएको सिरिजको आफ्नो अन्तिम खेलमा पीएनजी युएईसँग ६ विकेटले पराजित भएको हो । 

 त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

युएईका लागि कप्तान मुहम्मद वासिमले ७६ बलमा १ सय १९ रनको शतकीय ईनिङ खेले । ६१ बलमा शतक पूरा गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए । 


योसँगै एसोसिएट राष्ट्रको तर्फबाट एकै ईनिङमा सर्वाधिक छक्का प्रहार गर्नेमा वासिम दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि रहेका अमेरिकाका जसकरण मल्होत्राले एकै ईनिङमा १६ छक्का प्रहार गरेका थिए ।  त्यस्तै वृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए ।
पीएनजीका लागि राईली हेरुकेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान ११ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको हो ।  पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । त्यस्तै नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले २४ रन बनाए । पीएनजीका राईली हेरुकेले अविजित ३३ रन बनाए ।

युएईका लागि हर्जत बिलालले सर्वाधिक चार विकेट लिए । त्यस्तै  जावर फरिद र रोहन मुस्ताफाले समान १र१ विकेट लिए ।   जितसँगै युएईले ३५ खेलमा १५ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३३ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ । पीएनजीले ३६ खेलमा ५ मा जित ३० मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया