आइसिसी विश्वकप लिग–२ : आज निर्णायक खेलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने

१ बर्ष अगाडि

काठमाडौँ - आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

लिग–२ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिनपछि नेपाल आज पुनः युएईसँग भिड्न लागेको हो । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । आजको खेलमा नेपालका लागि जीत अनिवार्य छ ।

यसअघिको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनः युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रेको छ ।  

१ बर्ष अगाडि

प्रतिक्रिया