विश्व स्वास्थ्य दिवसको अवसरमा नर्भिकको विशेष छुट योजना

१ बर्ष अगाडि

 काठमाडौँ - यसवर्षको विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।  आउँदो चैत २५ गते शनिवारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

 यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । 

 यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन९पिएसए०को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ । 

 शनिवार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । 

 कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा.सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा.सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।

प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्ने जनाइएको छ । यो लिंकमा क्लिक गरी नाम दर्ता गराउन सकिनेछ वा ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको छ । 

नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि निःशुल्क र वृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ । यस्ता कार्यक्रममा परामर्श सेवा, विभिन्न खालका परीक्षणहरुमा भारी छुटको स्किम समेत ल्याइने गरिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया