मनकामना केबुलकार एक दिनका लागि बन्द हुने

१ महिना अगाडि

 काठमाडौँ - नेपालको पहिलो केबुलकार मनकामना केबुलकार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यका लागि मनकामनाले आगामी बुधबार एक दिनका लागि सेवा बन्द गर्ने भएको हो । 

केवुलकार टावरको मर्मत सम्भार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने बताइएको छ ।

कम्पनीले  मनकामना केवलकारलाई  नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसबाट यात्रुहरूमा पर्ने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । 

कम्पनीले लामो समयदेखि केबुलकारले कूल आम्दानीको १र१ प्रतिशत रकम व्यवसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्च गर्दै आइरहेको छ । भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य बिपत्तिका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ । 

मनकामना केबुलकार विद्यमान एनालग प्रविधिबाट Doppelmayr को डि–कनेक्ट डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने क्रममा प्रथम चरणको कार्य सम्पन्न भइसकेको यसअघि नै कम्पनीले जानकारी दिएको थियो । 

१ महिना अगाडि

प्रतिक्रिया