एसीसी प्रिमियर कप क्रिकेट : आज नेपाल र मलेसिया भिड्दै

१ बर्ष अगाडि

काठमाडौँ - एशियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आज (मंगलबार) देखि शुरु हुँदैछ ।

नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । उद्घाटन खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ । आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुरले मूलपानी मैदानमा खेल्नेछन् ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया