एकदिवसीय क्रिकेटमा किर्तिमान बनाउन सफल सन्दीप लामिछाने

१ बर्ष अगाडि

काठमाडौँ- नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् ।

 सन्दीपले ४२ खेलमै सय विकेट लिने कीर्तिमान बनाएका हुन् । 

एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाएका छन् । उनले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । 

अफगानिस्तानका स्पिनर राशिद खानले भने ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया