एसीसी प्रिमियर कपमा आज नेपाल र कुवेतबिच प्रतिस्पर्धा हुने

११ महिना अगाडि

काठमाडौँ-  राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । 

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।

त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ । 

११ महिना अगाडि

प्रतिक्रिया