कस्तो छ नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अवस्था ?

११ महिना अगाडि

काठमाडौँ - तत्कालिन तिव्वती राजाको आग्रहमा अरनिको तिव्वतमा गुम्वा,चैत्य, मठ मन्दिर वनाएर सुरु भएको वैदेशिक रोजगार सुरु भएको र ईष्ट ईण्डिया कम्पनीमा काम गर्न लाहुर जान सुरु गरे पछि व्यवस्थित रुपमा नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन् । यसरी सुरु भएको वैदेशिक रोजगारी विश्व युद्ध लडन विदेश गएका नेपाली स्थायी रुपमा विदेश वस्न थालेका र विदेश जानेले कमाएको धन, उनीहरुले सिकेका सिप, संस्कार र सभ्यतावाट प्रभावित भई नेपालीहरु व्यक्तिगत प्रयास र सम्पर्कवाट विदेश गई रहेकामा सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न पर्ने आवश्यकता महसुस गरि  २०४२ सालमा यस सम्वन्धि ऐन ल्याए पछी कामदार विदेश पठाउने कम्पनी खोली संस्थागत रुपमा इजाजतपत्रवाल कम्पनीहरुले मानिसहरुलाई वैदेशिक रोजगारीमा पठाउन थालेका हुन् । 

यसरी सुरु भएको वैदेशिक रोजगार व्यवसाय अहिले यस्तो अवस्थामा रहेको छ । अहिलेसम्म १६०० वटा कम्पनीलाई वैदेशिक रोजगार व्यवसाय गर्ने ईजाजत दिईएको छ । यस मध्ये केहि एक अर्कामा मर्ज भएका,केहि कम्पनी कारवाहीमा परि खारेज भएको, केहि कम्पनीले ईजाजत नविकरण नगराएको कारण ईजाजत खारेज भएको र केहि व्यवसायीले स्वेच्छाले कम्पनी वन्द गरेको कारण अहिले करिब ९०० वटा कम्पनीले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा रहेका छन् । 

अहिले संंचालनमा रहेका कम्पनीमा करिव १०००० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पचास हजारले आन्तरिक देश भित्र रोजगारी पाएका छन् । वैदेशिक रोजगारीमा जानेलाई अभिमुखिकरण दिने तालिम केन्द्र,विदेश जान कामदारको स्वास्थ्य परिक्षण गर्ने Medical Centre, कामदारलाई विदेश लाने ल्याउने Air Lines, Travel Agency, Hotel, Restaurant, Comunication Center, Photo Studio,  Bus Taxi र अन्य यातायातका  साधनहरुका संचालक, यिनीहरुमा कार्यरत म्यअतयच, ल्गचकभ, प्रशिक्षक, कर्मचारी, चालक, सह चालक गरि करिव पचास हजारले रोजगारी पाएका छन् । 

देशको करिव ५७ प्रतिशत घर धुरीले वैदेशिक रोजगारीवाट लाभ लिएका छन् । देशको जनसंख्याको   ५७ प्रतिशत जनसंख्या वैदेशिक रोजगारसंग जोडिएको छ । देशको कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारको योगदान ३३ प्रतिशत सम्म पुगेको छ । वैदेशिक रोजगारीमा जानेले पठाएको परिवत्र्य विदेशी मुद्राले देशको अर्थतन्त्र श्रीलंका जस्तो हुनबाट वचेको छ भने शोधनान्तर घाटा कम गर्न वैदेशिक रोजगारले खेलेको भूमिका अतुलनिय छ ।देशमा वर्षेनी करिव ५ लाख जनशक्ति कामको खोजीमा (रोजागारीका लागि) श्रम वजारमा प्रवेश गर्छन् यस मध्ये करिव ५० हजारलाई मात्र देशका उद्योग कल कारखाना व्यापारिक प्रतिष्ठानले रोजगारी दिन्छन् भने बाँकि ४ लाख ५० हजार युवालाई वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीहरुले वैदेशिक रोजगारीमा पठाई वेरोजगारी समस्या समाधान गरेका छन् । 

 यस व्यवसायको कारणले देशमा समेत रोजगार सिर्जना हुने, व्यवसायीले कर राजश्व, घर भाडा तिर्ने, फर्निचर लगायतका कार्यालयका समान खरिद गर्ने,कार जिप मोटसाईकल लगायतका सवारी साधान किन्ने चलाउने, ईमेल ईन्टरनेट चलाउने लगायतका गतिविधी संचालन गरेको कारण देशको अर्थतन्त्र चलायमान वनाई आर्थिक अवस्थामा ठूलो र सकारात्मक परिणाम ल्याएको छ । 

११ महिना अगाडि

प्रतिक्रिया