काठमाडौं- पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार रहेको स्पष्ट पारेका छन् ।
बीबीसीसँग कुराकानी गर्दै उनले भने , ‘यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ।’
जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको छ । धेरै सवारी साधनका झ्यालहरू फुटेको स्थानीय मानिसहरूले बताएका छन्।
यद्यपि, अताउल्लाह तरारले नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन्। यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ।’
शनिबार नै भारतले पाकिस्तानले उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको आरोप लगाएको थियो। भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानको गतिविधि निरन्तर उत्तेजक रहेको छ। प्रतिक्रियामा, भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ।’
प्रतिक्रिया