सिटिजन्स बैंकले ल्यायो नयाँ सुविधा

सोमबार, १८ बैशाख २०८०, ११ : ५७

काठमाडौँ-  सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन्  ।

आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

च्याटबट एक एआई द्वारा संचालित भर्चुअल सहायक भएको बैंकको भनाइ छ ।  जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्छ । 

सोमबार, १८ बैशाख २०८०, ११ : ५७

प्रतिक्रिया