काठमाडौँ- एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । आज यूएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
खेलमा गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए
यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।
प्रतिक्रिया