काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा १।५० प्रतिशतसम्म मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले बचतकर्ता तथा सदस्यहरुमा कर्जा प्रवाह गर्दा १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिने गरेकोमा केन्द्रीय बैंकले यस्तो शुल्क घटाएर अब बढीमा १.५०५ मात्रै लिन पाउने व्यवस्था गरेको हो ।
बचत।निक्षेप खाता संचालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने र कर्जा प्रवाह गर्दा सो प्रतिशत मात्रै सेवा शुल्क जोड्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । साथै एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया