तेस्रो त्रैमासको अवधिसम्ममा कति आर्जन गरे बिमा कम्पनीले बिमा शुल्क ?

बुधबार, २० बैशाख २०८०, १६ : ३२

काठमाडौं-  जीवन बीमा कम्पनीहरुले चालाु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो ।

यस त्रैमाससम्मा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले २७ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १२ अर्ब ९४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

बुधबार, २० बैशाख २०८०, १६ : ३२

प्रतिक्रिया