कामना सेवा र मनकामना अस्पतालबीच सम्झौता

विहीबार, २१ बैशाख २०८०, १३ : ३२

काठमाडौँ- कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु.÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहक महानुभावहरुले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ  । 
 

विहीबार, २१ बैशाख २०८०, १३ : ३२

प्रतिक्रिया