सिटिजन लाइफ इन्स्योरेन्स  सातौँ वर्षमा प्रवेश

शुक्रबार, २२ बैशाख २०८०, १० : २४

काठमाडौं-  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 

सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो ।

सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।
 

शुक्रबार, २२ बैशाख २०८०, १० : २४

प्रतिक्रिया