२५६७ औं बुद्ध जयन्तीमा समृद्धि फाइनान्सको तथा कार्यक्रम सम्पन्न

शुक्रबार, २२ बैशाख २०८०, १३ : २१

काठमाडौँ - समृद्धि फाइनान्सले बैसाख २२ गते २५६७ औं बुध्द जयन्तीको अवसरमा बुटबल शाखा कार्यालय बाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस बितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट श्री जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष श्री डोल्मा स्याङबो मार्फत खाद्यान्न  बितरण गरेको छ । 

 नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ । 
 

शुक्रबार, २२ बैशाख २०८०, १३ : २१

प्रतिक्रिया