अजोड र युनाइटेड इन्स्योरेन्स विशेष साधारण सभा बस्दै

सोमबार, २५ बैशाख २०८०, १० : २३

काठमाडौं - अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले आज मर्जरको सम्झौता पारित गर्न विशेष साधारण सभा बस्दैछ ।युनाइटेड इन्स्योरेन्सले अजोडलाई ८२.५ रुपैयाँ प्रति कित्ताका दरले गाभ्न लागेको हो। जसअनुसार, १०० कित्ता अजोडका सेयरधनीले ८२.५ कित्ता युनाइटेडको सेयर पाउनेछन्।

कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थाल्नेछ। मर्जरपछि संयुक्त पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

सभाले यही प्रस्ताव उपर छलफल गरी पारित गर्ने छन्। दुवै इन्स्योरेन्सको गाभ्ने÷गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, डीडीए तथा अन्य गरिएका सहमतिपत्रहरु अनुमोदन गर्नेछ। विशेष साधारण सभाका लागि अजोड इन्स्योरेन्सले वैशाख १२ र युनाइटेडले १३ गते बुक क्लोज गर्दैछ ।

सोमबार, २५ बैशाख २०८०, १० : २३

प्रतिक्रिया